arrow

देउवाले दिए मतदातालाई धन्यवाद 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
pm-deuba-baluwatar-meet-2078.jpg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् । 

देउवाले संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा देशभरका पालिकाहरुमा अत्यन्त उत्साहपूर्ण रुपमा मतदान सम्मपन्न भएको दाबी गरेका छन् । 

नागरिकले देखाएको उत्साहले लोकतन्त्रप्रतिको नागरिक विश्वासलाई थप प्रमाणित गरेको देउवाको भनाइ छ । देउवाले आजको निर्वाचनमा जनताको उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले सरकार र राजनीतिक दलहरुलाई थप प्रेरणा मिलेको उल्लेख गरका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ