- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले शुरुआती अग्रता लिएका छन् । छ । आज दिउँसोबाट शुरु गरिएको मतगणनामा सुवेदीले ४१ मत प्राप्त गरे ।
यस्तै बाम लोकतान्त्रिक गठबन्धनबाट प्रमुखको उम्मेदवार रहेकी रेणु दाहालले ३७ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने आठ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दिउँसो ३ बजेसम्म गनिएका एक सय मतमा यो परिणाम आएको हो । यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३९ र राप्रपाकी हिमला गुरुङले ३५ मत प्राप्त गरेका छन् ।
यस्तै वडाध्यक्षमा नेकपा एमालेका शुक्र श्रेष्ठले ४२ मत र नेपाली कांग्रेसका केशव महर्जनले २९ मत प्राप्त गरेका छन् । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।