- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मकवानपुर । मकवानपुरको १० स्थानीय तहका १ सय २ वडा मध्ये १५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । आज बिहानसम्म नेकपा माओवादी केन्द्रले ६ वटा, नेपाली कांग्रेसले ५ वटा र एमालेले ४ वटा वडा जितेको छ ।
जिल्लामा माओवादी केन्द्रबाट थाहा नगरपालिका १ मा हेरमान गोपाली, थाहा-२ मा बमबहादुर सिंतान, मनहरी-२ मा राजकुमार पाख्रीन, बकैया-१ मा आशिष् तितुङ, बकैया-२ मा विश्वराज स्याङतान र भीमफेदी ३ मा पृति लाल लामा विजयी भएका छन् ।
त्यस्तै कांग्रेसबाट इन्द्रसरोवर-१ मा सुवास थापा, इन्द्रसरोवर-२ मा सुमन श्रेष्ठ, मनहरी-१ मा शिव प्रसाद खनाल, कैलाश-१ मा तेज बहादुर ब्लोन र मकवानपुरगढी-८ मा कांग्रेसका कुमार घिसिङ विजयी बनेका छन् ।
त्यस्तै नेकपा एमालेबाट भिमफेदी-२ मा काशी राम बज्यु, कैलाश-१० मा एमालेका सूर्य बहादुर ब्लोन र भीमफेदी-४ मा सागर पाण्डे, भीमफेदी-५ जाहार सिं लामा विजयी भएका छन् ।