- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । एमालेका प्रतिनिधिले सदर बदरको मतमा विवाद निकालेपछि मतगणना रोकिएको जनाइएको छ ।
सो मतपत्रलाई सदर नगरेसम्म मतगणना गर्न नदिने जनाएपछि अहिले स्थिति गम्भीर बनेको छ । कुनै अप्रिय घटना नहोस् भन्नका लागि बाहिरबाट थप सुरक्षाकर्मी ल्याइएको छ ।
कुनै घटना नहोस् भनेर सुरक्षाकर्मी सचेत भएका छन् । अहिले दलहरु सहभागी बैठक बसिरहेको छ । त्यसपछिमात्र मतगणनाबारे के गर्ने भन्ने निर्णय हुनेछ ।
भरतपुरमा दुवै गठबन्धन सक्रिय रहेका छन् । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेको गठबन्धन भिडन्तमा छन् । जसमा अहिलेसम्म पाँच हजार मत गणना भैसक्दासम्म मेयरमा सत्ता गठबन्धनकी रेणु दाहालले १८६७ मत पाएकी छिन् भने एमाले उम्मेदवार विजय सुवेदीले १८१४ मत पाएका छन् ।
कांग्रेसका विद्रोही जगन्नाथ पौडेल पछाडि छन् ।
उपमेयरमा कांग्रेस अगाडि छ । कांग्रेसका चित्रसेन अधिकारीले २ हजार ५० तथा राप्रपाकी हिमला गुरुङले १४५१ मत पाएकी छिन् ।