arrow

भरतपुरमा रेणु दाहाललाई अग्रता, चुनौती दिँदै विद्रोही उम्मेदवार जगन्नाथ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
subedi-renu.jpg

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणना निकै रोमाञ्चक बन्दै गइरहेको छ । मेयरका उम्मेदवारहरु रेणु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच कडा टक्कर रहेको  छ । दुई उम्मेदवारबीच अग्रता लिने होड चलेको छ । 

१५ हजार ९३३ मत गणना हुँदा रेणुले तीन मतले अग्रता लिएकी छिन् । उनले ५ हजार ३१३ मत ल्याएकी छिन् भने सुवेदीले ५ हजार ३१० मत ल्याएका छन् । रेणुलाई सबैभन्दा बढी चुनौती नेपाली कांग्रेसका विद्रोही जगन्नाथ पौडेलले २ हजार ५३६ मत ल्याएका छन् । 

रेणु गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार हुन् । पौडेललाई उम्मेदवारी फिर्ता लिन कांग्रेसले गरेको आग्रह अस्वीकार गरेका थिए । यही विषय नै भरतपुरमा निवर्तमान मेयर रेणुका लागि टाउको दुखाइ भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ