arrow

गोरखामा पाँच पालिका र ७३ वडाको नतिजा सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
gorkha_district_map.png
फाइल तस्बिर

गोरखा। दुई नगरपालिका र ९ गाउँपालिका गरी ११ स्थानीय तह, ९४ वडा रहेको गोरखामा अहिलेसम्म पाँच पालिका र ७३ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ।

अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार माओवादी केन्द्रले बारपाक सुलिकोट, शहीदलखन, भीमसेन थापा, अजिरकोट गरी चार पालिकाको अध्यक्षमा विजय हात पारेको छ भने काँग्रेसले आरुघाट गाउँपालिकामा मात्रै विजय हासिल गर्न सकेको छ।

यस्तै, मत परिणाम सार्वजनिक भएको ७३ वडा मध्य माओवादी केन्द्रले ३३, काँग्रेसले २७, एमालेले १०, जसपाले २ र स्वतन्त्र उम्मेदवार १ वडाको नेतृत्व पाएका छन्। अहिले जिल्लाको धार्चे, गण्डकी, सिरानचोक गाउँपालिका र गोरखा, पालुङटार नगरपालिकामा मतगणना जारी छ भने उत्तरी गोरखाको चुमनुब्रीमा भने मतगणना सुरु हुन सकेको छैन।

सर्वदलीय बैठकमा उक्त पालिकाका केही वडामा पुनः निर्वाचनको माग भएपछि गणना हुन नसकेको निर्वाचन अधिकृत नानीबाबु पोखरेल बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ