arrow

अन्तर बढाउँदै वालेन्द्र, विपक्ष र गठबन्धन स्तब्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
walendra-keshav-srijana.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना रोचक बन्दै गएको छ । जति मत दोस्रो स्थानका एमालेका उम्मेदवार केशव स्थापितले ल्याउँछन् त्यसको दोब्बर मत स्वतन्त्र उम्मेदवार इञ्जिनियर वालेन्द्र साहले ल्याउँदै गएका छन् । 

पछिल्लो परिणामअनुसार वालेन्द्रले ११ हजार ६३२ मत ल्याइसकेका छन् । स्थापितले ६ हजार २५९ मत ल्याएका छन् । तेस्रो स्थानकी गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार ४४६ मतमात्र ल्याएकी छिन् । 

उपप्रमुखमा एमालेकी सुनिता डंगोलले १० हजार ८१९ मत ल्याउँँदा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले जम्मा ३ हजार १७७ मत ल्याएका छन् । 

कतिबेला हुन्छ स्थापितको राति ? 
केशव स्थापितले गत आइतबार त्यही दिनभर वालेन्द्रले अग्रता लिने तर रात परेपछि आफूले अग्रता लिने बताएका थिए । तर मंगलबार भइसक्यो स्थापितले वालेन्द्रलाई भेट्याउनु त परको कुरा दोब्बरले अगाडि बढेका छन् वालेन्द्र । 

यसले गर्दा स्थापितसँगै समग्रमा नेकपा एमालेको सोचभन्दा अहिलेको चुनावको नतिजा फरक हुँदै गएको स्पष्ट छ । यस्तो लाग्छ कि वालेन्द्रको जीवन उज्यालो छ । स्थापितको अँध्यारो । तर पनि अझ पनि रातकै प्रतिक्षामा छन् । त्यो रात तीन दिन भइसक्यो अझै आएको छैन । 

त्यतिमात्र हैन गठबन्धनको जोडबलमा उठेकी कांग्रेस उम्मेदवार सिर्जनाको अवस्थामा पनि प्रश्न चिन्ह खडा भएको छ । 

त्यस्तै उपप्रमुखमा पनि गठबन्धन उम्मेदवार रामेश्वरको अवस्था उही छ । उनले त सिर्जनाले भन्दा पनि कम मत ल्याएका छन् । महानगरमा गठबन्धन अस्वीकृत भइसकेको अहिलेसम्मको मतपरिणामले जनाउँछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ