arrow

विराटनगरमा नागेश ३१ सय मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
nagesh-shilpa-biratnagar.jpg

मोरङ । विराटनगर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला फराकिलो मतान्तरले अगाडि रहेका छन् । पछिल्लो मत परिणाम अनुसार कोइरालाले ३१ सय १ मतले अगाडि रहेका छन् ।
 
प्रमुख पदमा कांग्रेस उम्मेदवार कोइरालाले १२ हजार ६७२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार सागर थापाले ९ हजार ५७१ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले ४ हजार ५० मत प्राप्त गर्दा राप्रपा उम्मेदवार प्रह्लाद साहले  २६२७मत प्राप्त गरेका छन् । 

उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्की जसपा उम्मेदवार अमरेन्द्र यादव भन्दा ४ हजार ३२५ मतले अगाडि छिन् । उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्कीले  ११ हजार ११ प्राप्त गरेकी छिन् । जसपा उम्मेदवार अमरेन्द्र यादवले ६६८६, राप्रपा उम्मेदवार विन्दा आचार्यले ३१८१ मत प्राप्त गरेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ