arrow

डोटीमा दुई महिला पत्रकार उपप्रमुख र उपाध्यक्षमा विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
doti-patrakar-lady.JPG

डोटी । डोटीका दुई स्थानीय तहमा महिला पत्रकारले जित हात पारेका छन्। 

शिखर नगरपालिकाको उपप्रमुखमा सुनिता रावल र आदर्श गाउँपालिकाको उपाध्यक्षमा लक्ष्मी रोकायाले जित हात पारेका हुन्। दुवै नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए।

उपप्रमुख रावल दशक अगाडिदेखि रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत थिइन्।

उनी नेपाल पत्रकार महासङ्घ डोटी शाखाको उपाध्यक्ष तथा नेपाल प्रेस युनियनको पार्षद् हुन्। शिखर नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार लक्ष्मीदेवी मल्ललाई पराजित गर्दै रावल ६४२६ मत ल्याएर विजयी भएकी हुन्।

त्यसै गरी आदर्श गाउँपालिकाकी उपाध्यक्ष रोकाया नेपाल प्रेस युनियन डोटी शाखाकी उपाध्यक्ष हुन्।

बैतडीस्थित सनसेर एफएमबाट पत्रकारिता सुरुवात गरेकी उनी विभिन्न अनलाइनमा कार्यरत थिइन्। आदर्श गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी जानकी शाही खड्कालाई पराजित गर्दै रोकाया ३०५१ मतका साथ विजयी भएकी हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ