- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । सर्लाहीको लालबन्दीमा अन्तिम मतपरिणाम अनुसार कांग्रेसका मेयर र उपमेयर विजयी भएका छन्।
मेयरतर्फ कांग्रेसका वासुदेव अधिकारी ९ हजार ५६१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका गोविन्द महतले ७ हजार ८८३ मत ल्याए । माओवादी प्रह्लाद बुढाथोकीले भने ६ हजार १७५ पाएका छन्।
उपमेयरतर्फ कांग्रेसकी कल्पना पाख्रिनले ८ हजार ८५० ल्याइन् । एमालेकी सनसरीमाया थिङले ८ हजार १५९ पाइन् भने एकीकृत समाजवादीका गोविन्द अधिकारी ३ हजार ६४१ ल्याएका छन् ।