arrow

पुनर्वास- १ मा कम्युनिष्ट किल्ला भत्काउँदै कांग्रेसको प्यानल विजयी

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७९ जेठ ५ बिहिबार
punarbas-gan.JPG

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास १ मा कम्युनिष्ट किल्ला भत्काउँदै नेपाली कांग्रेसले विजय सुरुआत गरेको छ । पुनर्वासमा केही बेर अघि सम्पन्न मतगणनाको परिणाम अनुसार वडा नम्बर १ का वडा अध्यक्ष पदका उम्मेदवार मोहनलाल राना ९४४ मतका साथ प्यानल सहित विजयी भएका छन् । 

यस अघि एमालेले जित्दै आएको वडाबाट पहिलो पटक नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी बनेका हुन् । पुनर्वास १ मा कांग्रेसका रानाको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका च्याङजो तामाङले ६०४ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् ।

२०७४ मा एमाले बाट वडा अध्यक्षमा निर्वाचित हाल नेकपा समाजवादीबाट उम्मेदवार बनेका प्रतापबहादुर चन्द ५७८ मतमा खुम्चिएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार बिरसिह रानाले २४८ मत ल्याएका छन् भने राप्रपाका दिलबहादुर तामाङले १०३ मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ