arrow

जहाँ पहिलो पटक नगर प्रमुख महिला बनिन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
election-commission-locla-gov.jpg

सप्तरी । सप्तरीमा पहिलो पटक महिला नगरप्रमुख बनेकी छन् । सुरुङ्गा नगरपालिकामा नेपाली कांग्रेसबाट गीता चौधरी तीन हजार मतान्तरले निर्वाचित हुँदै नगरप्रमुख बनेकी हुन् ।

उनले सात हजार २९२ मत ल्याइन् । योसँगै नेपाली कांग्रेसले सप्तरीमा अग्रता कायम राख्दै चार स्थानीय तहमा प्रमुख र ६ वटामा उपप्रमुख पदमा जित हासिल गरेको छ । 

सुरुङ्गा नगरपालिकामा रामनारायण चौधरीले चार हजार २१७ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी रहेका छन् । एकीकृत समाजवादीका रामनारायण चौधरीले ४ हजार २१७ मत ल्याए ।     

उपाध्यक्षमा नेपाली कांग्रेसका रुद्रबहादुर कार्की ६ हजार २७५ मत ल्याएर निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सुनिताकुमारी मुखियाले तीन हजार ९९८ मत ल्याएकी छन् ।

वडाध्यक्षमा एकीकृत समाजवादीले चार, जसपाले तीन, कांग्रेस र माओवादी केन्द्रले दुई-दुईमा जीत हासिल गरेका छन् । सप्तरीमा हालसम्म घोषित १० स्थानीय तहको परिणाम अनुसार कांग्रेसले चार, एमालेले दुई तथा जसपा, लोसपा, जनमत, एकीकृत समाजवादीले एक-एक स्थानीय तहमा जीत हासिल गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ