- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना बैशाख ३१ गतेदेखि जारी छ । पोखरा–७ सहिदचोकस्थित उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको गणनामा सत्तारुढ गठबन्धनबाट महानगर प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै गएका छन् ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटको पनि केही मतको अग्रता छ । पोखरामा हालसम्म ५५ हजार २६७ मतगणनामा गठबन्धनबाट प्रमुखका उम्मेदवार आचार्य दुई हजार ७२० मतान्तरले अघि छन् ।
आचार्यले २२ हजार ८५२ मत प्राप्त गरेर अग्रता कायम राख्दा उनका प्रत्यासी एमालेका कृष्ण थापाले २० हजार १३२ मतसहित पछ्याइरहेका छन् ।
यसैगरी राप्रपाका शङ्कर खरालले दुई हजार ३०४ र स्वतन्त्रका उम्मेदवार गनेस पौडेलले एक हजार ३१२ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाट १४३ मतले अघि छिन् । रानाभाटले २३ हजार १६४ मत प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङको २३ हजार २१ मत छ । राप्रपाकी रञ्जना सेनले दुई हजार ९९ मत प्राप्त गरेकी छिन् ।
पोखरा महानगरमा हालसम्म १२ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले नौ वडामा जीत हासिल गरेको छ भने एमालेले तीन वडा जितेको छ ।
नेपाली कांग्रेसले वडा नं २, ३, ४, १२, १३, २३, २४ ,२५ र २६ नं वडा जितेको छ । नेकपा एमालेले वडा नं १, ५ र वडा नं ६ जितेको छ । हाल वडा नं ७, ८, ९, १४, २७, २८ र वडा नं २९ को गणना भइरहेको छ । (((