arrow

मुगुको मतपरिणाम : एमाले एक उपाध्यक्षमा सीमित, गठबन्धन दलहरूको दबदबा

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
mugu-leader.jpg

मुगु । मुगुमा रहेका ४ वटा स्थानीय तहको मतगणना गर्ने कार्य सम्पन्न भएको छ । मुगुको एक नगरपालिका छायाँनाथ रारा नगरपालिका ३ गाउँपालिकाहरू सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिकाहरूमा मतगणना कार्य सम्पन्न भएको हो ।

मत गणनासँगै अघिल्लो अघिल्लो स्थानीय निर्वाचनमा एक गाउँपालिका अध्यक्ष ३ उपाध्यक्ष र १८ वडामा जित हासिल गरेको नेकपा एमाले यो स्थानीय चुनावमा १ उपाध्यक्ष र १६ वडामा खुम्चिएको छ । नेपाली कांग्रेससले छायाँनाथ रारा नगरपालिकामा नगरप्रमुख उपप्रमुख सहित ६ वडा खत्याड गाउँपालिकामा उपाध्यक्ष सहित ३ वडा,सोरु गाउँपालिकामा उपाध्यक्ष सहित ४ वडा र मुगुम कार्मारोङ्ग गाउँपालिकामा अध्यक्ष सहित ५ वडा जित हासिल गरेको छ । 

नेकपा एमालेले छायाँनाथ रारा नगरपालिकामा ७ वडा,खत्याड गाउँपालिकामा ३ वडा,सोरु गाउँपालिकामा २ वडा र मुगु कार्मारोङ्ग गाउँपालिकामा उपाध्यक्ष सहित ४ वडा हात पारेको छ । 

यता नेकपा माओवादी केन्द्रले छायाँनाथ रारा नगरपालिकाका कुनै वडा जित हासिल गर्न सकेन अघिल्लो चुनावमा २ वडा जितेको थियो । त्यो पनि यो चोटि गुमायो । नगरपालिकामा समाजवादी र माओवादीको गठबन्धन थियो भने एमाले,कांग्रेसस अलग अलग लडेका थियो । खत्याड गाउँपालिकामा पालिकामा अध्यक्ष सहित ५ वडा र सोरु गाउँपालिकामा २ वडा जितेको माओवादीले मुगुम कार्मारोङ्ग गाउँपालिकामा खाली हात बस्नु परेको छ ।

नेकपा एकीकृत समाजवादीले नगरपालिकामा १ वडा अध्यक्ष,सोरु गाउँपालिकामा १ अध्यक्ष जित हासिल गरे पनि यहाँ कुनै वडा जित्न सकेन भने खत्याड र मुगुम कार्मारोङ्गमा पनि समाजवादीले खाली हात रहनु परेको छ ।

सोरु गाउँपालिकामा कांग्रेससबाट टिकट नपाउँदा असन्तुष्ट भएका स्वतन्त्र उम्मेदवारी दिएका २ जना र समाजवादीबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका १ जना वडा गरी ३ जना स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

पालिका अनुसार निर्वाचित प्रमुख उपप्रमुख हर्दा छायाँनाथ रारा नगरपालिकामा नेपाली कांग्रेससबाट नगरप्रमुखमा विस्नु कुमार भाम र ऐश्वर्य मल्ल निर्वाचित भएका छन् । उनीहरूको निकटम प्रतिस्पर्धा नेकपा एमालेका डम्बर बहादुर रावल र टोमा लामा थिए । उनी सत्तारुढ दलहरू मध्य माओवादी र नेकपा एसको चुनावी गठबन्धन थियो भने कांग्रेस एक्लै लडेको थियो । 

खत्याड गाउँपालिका अध्यक्षमा अज बहादुर शाही नेकपा माओवादी केन्द्र र सरिता रोकाया नेपाली कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भइन्। यहाँ माओवादी र कांग्रेसको गठबन्धन थियो भने समाजवादी बाहिर थियो । गठबन्धनको निकटतम प्रतिस्पर्धीमा एमालेका लाल बहादुर मल्ल र उपाध्यक्षमा एमाले कै कविता गिरी थिइन् ।

सोरु गाउँपालिकामा माओवादी,कांग्रेसस र समाजवादीको गठबन्धनबाट समाजवादीका धर्म बहादुर शाही अध्यक्षमा र कांग्रेससका केशरजंङ्ग शाही उपाध्यक्षमा निर्वाचित भए । यहाँ पनि गठबन्धनका प्रतिस्पर्धा एमाले नै थियो । एमालेबाट अध्यक्षका उम्मेदवार डिल्ली प्रसाद भट्ट र उपाध्यक्षमा डिलकली मल्ल निकटतम प्रतिस्पर्धीमा रहे ।

उता मुगुम कार्मारोङ्ग गाउँपालिकामा नेपाली कांग्रेसस र माओवादी बीच गठबन्धन थियो । कांग्रेससबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका छिरिङ्ग क्याप्ने लामा र एमालेबाट उपाध्यक्षकी उम्मेदवार छिरिङ्ग फुटिक लामा विजयी भए । उनीहरूका निकटतम प्रतिस्पर्धी माओवादीबाट उपाध्यक्षका उम्मेदवार गुरु स्याङ्गग्याप लामा र एमालेबाट अध्यक्षका उम्मेदवार सोनाम लामा रहेका थिए ।

सबै स्थानीय तहको निर्वाचन परिणाम आएसँगै कांग्रेससले नगरप्रमुख १ पालिका अध्यक्ष १ नगर उपप्रमुख १ र पालिका उपाध्यक्ष २ गरी ५ पद जितेकाले आगामी समन्वय समितिमा कांग्रेससको एकल बहुमत पुग्ने देखिएको छ । एकल बहुमत पुगे पनि सत्ता गठबन्धन भएकाले सल्लाहमा नै समन्वय समितिको निर्वाचनमा कांग्रेसस प्रस्तुत हुन्छ की सत्ता साझेदार दलहरूलाई समेटेर जान्छ त्यो भने हेर्न बाकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ