झापाको बुद्धशान्ति अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
522
Shares
झापा । झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका मनोज प्रसाईं निर्वाचित भएका छन् ।
उनले ११ हजार ४०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की मीरा भूर्तेलले आठ हजार ३०२ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकी भवानी खतिवडा आठ हजार ७४ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का खड्गबहादुर तिम्सिनाले पाँच हजार २१६ मत प्राप्त गरे ।