arrow

एमालेले एक मतले जितेपछि गौरादहका अन्य वडाको मतगणना स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
jhapa-gauradaha.JPG

झापा । झापाको गौरादह नगरपालिकाको जारी मतगणना स्थगित भएको छ। नगरपालिकाको वडा न. ७ को वडाध्यक्षमा एमालेका उम्मेदवार बलराम खरेल १ मत बढी ल्याएर विजयी भएको घोषणा प्रति गठबन्धनले असन्तुष्टि जनाउँदै पुनः मतगणनाको माग गरेको छ । 

सार्वजनिक नतिजा प्रति असन्तुष्ट जनाउँदै गठबन्धन दल तर्फका वडा अध्यक्षका उम्मेदवार दिलनाथ कटवालले उक्त वडाको केही मतदान केन्द्रको पुनः मतगणनाको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन गरेका थिए । 

विवादित वडा न ७ को नतिजाको पुनः मत गणना नभएसम्म बाकी ८ र ९ न वडाको मतगणनामा गठबन्धन दलका प्रतिनिधि नबस्ने भनेपछि गौरादह नगरको जारी मतगणना स्थगित भएको छ ।

 गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दिलनाथ कटुवालले १०१९ मत र एमालेका उम्मेदवार बलराम खरेलले १०२० मत प्राप्त गरेको जनाएको थियो । यश अघि सार्वजनिक नतिजामा दुवै उम्मेदवारले समान ९९१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो । 

त्यसको केही समय पश्चात् एमालेका उम्मेदवार बलराम खरेलले १ मतको अग्रताले १०२० मत प्राप्त गरेको जनाएपश्चात् गठबन्धनका वडा अध्यक्ष उम्मेदवार कटवालले मतगणना दोहोर्‍याइ गणना गरिपाऊ भनी निर्वाचन अधिकृतको कार्यालयमा लिखित निवेदन गरेकोले निर्वाचन अधिकृतको कार्यालयले समस्या समाधान लागि निर्वाचन आयोग समक्ष आवश्यक प्रक्रियाका लागि निर्णय पठाइदिन निवेदन गरेको छ ।



नयाँ