arrow

मेयरमा नागेश र उपमेयरमा शिल्पा अग्रस्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
nagesh-shilpa-biratnagar.jpg

विराटनगर । गठबन्धन दलको तर्फबाट विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवार नागेश कोइराला २४ हजार ५६३ सहित पहिलो स्थानमा रहेका छन् ।कोइरालाको पछि एमालेका उम्मेदवार सागर थापा, स्वतन्त्र उम्मेदवार (लाल्टिन) का उमेश यादव, राप्रपाका प्रल्हादप्रसाद साह रहेका छन् । 

एमालेका उम्मेदवार सागर थापाले १८ हजार ४१५, स्वतन्त्र उम्मेदवार का उमेश यादवले ७ हजार ७२ र राप्रपाका प्रल्हादप्रसाद साहले ४ हजार ४३१ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेकी शिल्पा निराला कार्की पहिलो स्थानमा छिन् । उनले २१ हजार ३८२९, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १२ हजार १०४, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ५ हजार ३८२ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले ३ हजार ५८८ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ