arrow

हेटौंडाले पहिलो पटक महिला प्रमुख पाउँदै : गठबन्धनकी मिनाले जित्ने लगभग निश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
meyar-mmmmmm.jpg

हेटौंडा । अबको केही समय पछि हेटौंडा उपमहानगरपालिकाले नयाँ मेयर पाउँदै छ ।उपमहानगरपालिका भित्रका अधिकांश वडाको मतगणना सकिएको छ भने केही वडाको मतगणना जारी छ १९ वटा वडामा जम्मा ७३ हजार ४१४ मत खसेकोमा ६६ हजार मतगणना भैसकेको छ ।

हेटौंडाको मेयरमा मतदाताले कसलाई रोजेका छन् ? अब केही समयमा सार्वजनिक हुँदै छ । अहिलेसम्मको मत परिणाम र अग्रतालाई हेर्दा गठबन्धनबाट मेयरमा उम्मेदवार बनेकी एकीकृत समाजवादीकी मिना लामा हेटौंडा उपमहानगरपालिकाको पहिलो महिला मेयर बनेर इतिहास रच्ने दौडमा करिब नजिक पुगेकी छिन् ।
मेयरमा अहिलेसम्म महिलाले नेतृत्व गर्ने अवसर पाएका छैनन् । अघिल्लो कार्यकालमा उपमेयर भएर काम गरेकी लामालाई नै मेयर भएर इतिहास रच्ने र हेटौंडाको मुहार फेर्ने जनमत प्राप्त हुने आङ्कलन सबैले गर्न थालेका छन् ।

हेटौंडाको मेयर बन्ने दौडमा लामासँगै एमालेका अनन्तप्रसाद पौडेल र राप्रपाका दीपकबहादुर सिंह रहेका छन् । अनपेक्षित रूपमा लामा र पौडेललाई टक्कर दिएर चुनावी माहौललाई रोचक र चर्चित बनाएका सिंह अहिले दौडको तेस्रो स्थानमा पुगेका छन् ।

अघिल्लो कार्यकाल एमालेबाट निर्वाचित लामा पार्टी फुटेसँगै एकीकृत समाजवादी रोजेकी हुन् । एमालेबाट उपमेयर निर्वाचित भएकी लामा अहिले एमालेलाई नै हराउँदै मेयरको पद नजिक पुगेकी छिन् । 

गठबन्धनका दलहरूले लामालाई इमानदारिताका साथ मत नदिएको मतगणनाका क्रममा देखिए पनि उनको यात्रा अब रोकिने देखिदैन् । उनले एमाले सँग मतान्तर बढाउँदै अग्रता लिइरहेकी छिन् ।

१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा १,२,३,४,५,६,७,८,१४,१५,१६,१७,१८ र १९ नम्बर वडाको मतगणना भइसकेको छ । अहिले ९, १०, ११, १२ र १३ नम्बर वडाको मतगणना भइरहेको छ । आजै यी वडाको मतगणना सकिनेछ ।

शुक्रवार बिहान १० बजेसम्ममा ६६ हजार ६६९ मतगणना भैसकेको छ । जसमा गठबन्धनकी मिना लामाले २१,३८८ मत प्राप्त गरेकी छिन् । त्यस्तै एमालेका अनन्त पौडेलले १८५३५ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका दीपक सिंहले १७६८९ मत प्राप्त गरेका छन् ।

यो नतिजालाई हेर्दा मिना लामाले २८५३ को अग्रता कायम राखेकी छिन् । अब लगभग ६५ सय मत गणना गर्न बाकी छ । मिना लामाको हालसम्मको अग्रतालाई हेर्ने हो भने हेटौंडाको मेयर मिना लामा नै बन्ने निश्चित देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ