arrow
ADVERTISEMENT

ओलीको जिद्दीले योगेशको प्रस्ताव अलपत्र, पार्टीभित्रै छ्यापछ्याप्ती ‘लालगद्दार’  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
kp-sharma-oli-pm.jpg
तस्बिर– फाइल

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकामा मेयरको टिकट वितरण गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको एक निर्णय हावी भएको थियो । मध्यरातिसम्म ओली निवासमा पार्टीका नेता कार्यकर्ताहरु टिकटका लागि लाइनमा बस्दा कतिपयले पाए कतिपय पाएनन् ।

टिकट पाउनेहरु खुशी भए नपाउनेहरु भित्रभित्रै दुःखी भए । तर बाहिर उनीहरुले दुःख पोखेनन् । मेयरको टिकटको निर्णय हुनु एक दिनअघि अध्यक्ष ओली र पार्टीका सचिव योगेश भट्टराईबीच लामो छलफल भएको थियो । खासगरी ओलीले देशभरका नेता कार्यकर्ताहरुको बारेमा भट्टराईसँग छलफल गरेका थिए । भट्टराई देशभरका नेता कार्यकर्ताहरुको आनीबानीबारे राम्रो जानकार भएको र उनीसँग पार्टीको अवस्थाबारे सूचना पनि आउने भएकाले ओलीले छलफलका लागि बोलाएका थिए । 

भट्टराईले टिकट बाँड्दा नेताहरुलाई राम्रोसँग छलफल गरेर मात्रै दिन आग्रह गरेका थिए । उनले धेरै स्थानमा पार्टीले हार व्यहोर्ने तर जनमत नघट्ने विश्लेषण सुनाएका थिए । उनले स्थानीय तहबाटै आएका धेरै नामलाई अनुमोदन गर्नुपर्ने र भरतपुर, पोखरा, काठमाडौं र ललितपुरको हकमा मेयरको उम्मेदवारको विषयमा पार्टीले विशेष निर्णय आग्रह गरेका थिए । 

त्यसमा भरतपुर महानगरमा विजय सुवेदीलाई पार्टीले सर्वसम्मत गरेको भए पनि उनका लागि परिस्थिति अनुकूल नभएको विश्लेषण सुनाएका थिए । भरतपुरको हकमा ओलीले ‘जे भयो छाडिदिऔं अब जिताउन लागौं’  भनेका थिए । 

त्यसैगरी पोखरामा दुवै नेताहरु गलत भएको तर्क योगेशले राखेका थिए । उनले धनराज आचार्यलाई नै पार्टीमा ल्याउन वा उनको टक्करका लागि नयाँ नेताहरु त्यसमा पनि युवा नेतालाई अघि बढाउन आग्रह गरेका थिए । उनले लेखनाथ र पोखराको मत विभाजन हुने भएकाले त्यसमा ध्यान दिन आग्रह गरेका थिए । 

अझ काठमाडौंको हकमा उनले यस्तो अवस्था आउँछ भनेर त्यसदिन ओलीलाई निर्णय बदल्न धेरै नै जोड गरेका थिए । उनले काठमाडौंको हकमा केशव स्थापित भन्दा अरु नै व्यक्तिलाई टिकट दिनुपर्ने बताएका थिए । 

तर ओली काठमाडौंको विषयलाई लिएर भट्टराईसँग बिच्किएका थिए । भट्टराईले पद्यरत्न तुलाधरका ज्वाइँ नाता पर्ने गौरी प्रधान र शान्ति अधिकारीको नाम प्रस्ताव गरेका थिए । तर ओलीले ‘अब मैले निर्णय गरिसकेँ बदल्ने कुरा नगरौँ’ भन्दै रोकेका थिए । 

भट्टराईले काठमाडौंको कूल जनसंख्याको करिब ६५ प्रतिशत आप्रवासी रहेको र उनीहरुलाई सम्बोधन गर्ने नेतृत्व नपठाउँदा मत नआउने दाबी गरेका थिए । तर ओलीले त्यसलाई बेवास्ता गरेका थिए । अध्यक्ष ओलीले भट्टराईको सुझावलाई बेवास्ता मात्रै गरेका थिएनन् उनले धेरै स्थानमा आफ्ना सहयोगीको कुरा सुनेर टिकट वितरण गरेका थिए । 

कतिपय नेताहरुको भनाइलाई आधार मान्ने हो भने स्थानीय तहको चुनावको अन्तिम समयमा पैसाको बलमा टिकट दिने र दिइसकेकालाई खोसिएको थियो  । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा मेयरका उम्मेदवार भनेर सम्पूर्ण तयारी गरिसकेका एमालेका पुराना नेता हरिशरण थापाको टिकट खोसिएको थियो । 

उनलाई पार्टीले टिकट पनि दिएको थियो । तर उम्मेदवारी दर्ता गर्न जान र्यालीसहित सडक यात्रा गरिरहेका बेलामा उनको टिकट खोसियो । उनको ठाउँमा उत्तमबाबुलाई टिकट दिइयो । 

बिनाकारण टिकट दिएर पनि खोसेपछि एमाले युवापंक्ति आक्रोशित हुँदै अध्यक्ष केपी ओलीको शैलीको विरोधमा उत्रिएको थियो । काठमाडौंमा मात्र होइन ओलीले धुनषामा पनि यस्तै गरेका थिए । 

मिथिला नगरपालिकाका हरिनारायण महतोले टिकट पाएका थिए । उनको पनि खोसिएको थियो । उनी निवर्तमान मेयर पनि हुन् । उनी पनि उम्मेदवारी दर्ताको लागि जाँदै गर्दा टिकट खोसिएपछि अहिले त्यहाँ पनि एमालेले हार व्यहोरेको हो । 

उनको ठाउँमा जग्गाको कारोबारी राजाराम महतोलाई टिकट दिइएको थियो । पोखरामा त यतिसम्म भयो कि दिपक पौडेलको टिकट मात्र खोसिएन उनलाई औंठी चोरेको आरोपसमेत लगाइएपछि प्रदेश सांसद कृष्ण थापालाई टिकट दिइयो । 

त्यहाँ राजिव पहारी, रश्मी आचार्य, पुष्प अधिकारी लगायतका धेरै नेताहरु आंकाक्षी हुँदाहुँदै थापालाई टिकट दिइएको थियो । थापाले पार्टीको धेरै अवसर प्राप्त गरिसकेका कारण पनि उनीप्रति मतदाताहरुको धेरै रुची देखिएको थिएन ।

ओलीले आफ्नो खल्तीबाट नै टिकट दिएकाले त्यसको विरोधमा एमालेकै शब्दमा ‘लालगद्दारहरु’ जन्मिए र एमाले उम्मेदवारलाई नै हराए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ