arrow

रेणुले बढाइन् मतान्तर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
renu-vijay-jagannath.jpg

भरतपुर । भारतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेणु दाहाल ७ हजार बढी मतले अगाडि रहेकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ७ हजार ९ सय ७ मतले रेणु अघि रहेकी हुन् । 

आइतबार बिहानसम्मको परिणाम अनुसार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणुले ३६ हजार ५३० मत ल्याएकी छिन् । उनलाई एमालेका सुवेदीले पछ्याउँदै छन् । सुवेदीले २९ हजार ६२३ मत ल्याएका छन् । 

रेणु पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी हुन्। 

गठबन्धनलाई चुनौती दिएका नेपाली कांग्रेसका विद्रोही स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ११५ मत ल्याएका छन् । 

उपप्रमुखमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३८ हजार ६५५ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २२ हजार ६०२ मत ल्याएकी छिन् ।  

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८ सय ३९ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ