arrow

कांग्रेस र एमालेमाथि बर्सियो वालेन्द्रको लौरो, कसको अवस्था कस्तो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
walendra-keshav-srijana.jpg

काठमाडौं । 'बाआमालाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने!' भन्दै चुनावी प्रचार गरेका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको लौरो नेपाली कांग्रेस र नेकपा एमाले जस्ता राष्ट्रिय दलमाथि बर्सिएको छ ।

काठमाडौं महानगरपालिकाको मेयरका लागि भइरहेको निर्वाचनमा र्‍यापर एवं इन्जिनियर साह भारी मतले अगाडि रहेका छन् । आइतबार दिउसो ३ बजेसम्मको मतपरिणाम अनुसार साह ४० हजार ६०५ मतका साथ पहिलो स्थानमा रहेका छन् । 

पाँच दलीय गठबन्धनकी उम्मेदवार सिर्जना सिंह भने दोस्रो स्थानमा छिन् । दोस्रो स्थानकी नेपाली कांग्रेसकी उम्मेदवार सिंह वालेन्द्र भन्दा १७ हजार २७१ मतले पछाडि छन् । कांग्रेसकी उम्मेदवार सिंहले २३ हजार ३३४ मत पाएकी छन् । 

वालेन्द्र काठमाडौंको नेवार होइन भनेर प्रचार गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रो स्थानमा पुगेका छन् । स्थापित २२ हजार ५२६ मतका साथ तेस्रो स्थानमा छन् । वालेन्द्र स्थापित भन्दा १८ हजार ७९ मतान्तरले अगाडि रहेका छन् । 

अब वालेन्द्रलाई भेट्टाएर काठमाडौंको मेयर बन्न सिंह र स्थापितको सम्भावना कम बनेको छ । त्यस्तै} राप्रपाले उम्मेदवार बनाएका मदनदास श्रेष्ठ १७ सय ९६ मतसहित चौथो स्थानमा छन् । मेयरका लागि ५५ उम्मेदवार रहेका थिए । 

साथै उपमेयरमा भने एमाले उम्मेदवार सुनीता डङ्गोल निकै अगाडि छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ