arrow

वीरगन्जको मेयरमा सिंहभन्दा धेरै मतले पछि परे सरावगी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
bijaya-sharawagi-rajeshman-singh.jpg

वीरगन्ज ।  वीरगन्ज महानगरपालिकाका निवर्तमान मेयर विजयकुमार सरावगी निकै मतले पछि परेका छन् । गठबन्धनका उम्मेदवार राजेमान सिंहसँग करिब १६ हजार मतले नेकपा (एमाले)का उम्मेदवार सरावगी पछि परेका हुन् । एमाले उम्मेदवार सरावगी १५ हजार ८९५ मतान्तरले पछि परेका हुन् । 

बरगन्वको प्रमुखमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेमान सिंह अगाडि छन् ।  वीरगञ्जमा आज दिउँसो १  बजेसम्मको मतगणनाको अद्यावधिक विवरणअनुसार सिंहले ३३ हजार ३१५ मतसहित पहिलो स्थानमा छन् ।  सरावगीले १७ हजार ४२० मत प्राप्त गरेका छन् । जसपाले मेयरको टिकट नदिएपछि सरावगी एमाले प्रवेश गरेका थिए । 

यसै गरी उपप्रमुख पदमा पनि गठबन्धनकै उम्मेदवार इम्तियाज आलमले २२ हजार ८१३ मतसहित अग्रतालाई निरन्तरता दिएका छन्  भने उपप्रमुख पदका उम्मेदवार लोसपाका पुरुषोत्तमलाल झाले पाँच हजार ५४९ मत प्राप्त गरेका छन् । 

यहाँ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच गठबन्धन गरिएको थियो भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच तालमेल भएको छ ।  

३२ वटा वडा रहेको वीरगन्ज महानगरमा हालसम्म विभिन्न १५ वटा वडाको मतगणना सम्पन्न भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ