arrow

रेणुले जित्ने सम्भावना बढ्यो, १० हजार मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
renu-vijay-jagannath.jpg

भरतपुर । भारतपुर महानगरपालिकामा रेणु दाहालले जित्ने सम्भावना बढ्दै गएको छ ।  नेकपा एमालेका उम्मेदवारसँगको फराकिलो मतान्तरका कारण रेणु पुनः भरतपुरको मेयर बन्ने सम्भावना बढेको हो । 

गठबन्धनकी उम्मेदवार रेणु नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा करिब १० हजार मतले अगाडि रहेकी छन् । सोमबार बिहानसम्ममा रेणुले ४३ हजार ६१ मत प्राप्त गरेकी छन् । 

उनी भन्दा पछि रहेका एमालेका उम्मेदवार सुवेदीले ३३ हजार २३९ मत ल्याएका छन् । रेणु पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी हुन्। 

त्यस्तै गठबन्धनलाई चुनौती दिएका नेपाली कांग्रेसका विद्रोही स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार २६६ मत ल्याएका छन् । 

उपप्रमुखमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४४ हजार ५९१ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २६ हजार ३२२ मत ल्याएकी छिन् ।  

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८ सय ३९ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ