arrow

ललितपुरको पछिल्लो मतपरिणाम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
election-commission-locla-gov.jpg

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर उम्मेदवार चिरीबाबु महर्जन फराकिलो मतान्तरले अगाडि रहेका छन् ।   

निवर्तमान मेयर चिरीबाबु महर्जन यो पटक पनि मेयर बन्ने सम्भावना छ । ललितपुरको विकासमा काम गरेका मेयर महर्जनलाई ललितपुरवासीले रुचाएका छन् । 

 नेपाली कांग्रेसका उम्मेदवार महर्जन नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारभन्दा धेरै मतले अगाडि रहेका छन् । उनी १४ हजार ७६१ मतले अगाडि रहेका छन् । 

पछिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले ३५ हजार ७०३ र एमालेका हरिकृष्ण व्यञ्जनकारले २० हजार ९४२ मत पाएका छन् ।  चिरीबाबुको यस्तै अग्रता रहने हो उनी ललितपुरको प्रमुख बन्ने देखिन्छ । 

उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता रहेको छ । एमालेकी उम्मेदवार मञ्जली शाक्यले २० हजार ७६०  मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १२ हजार ६६६ मत पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ