- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा। विसं २०७४ को स्थानीय तह निर्वाचनमा गोला प्रथाबाट हारेका हुकुमसिंह राईले यस पटकको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष बनेका छन् । कमल गाउँपालिकाको अध्यक्षका लागि २०७४ को स्थानीय तह निर्वाचनमा निवर्तमान पालिका अध्यक्ष मेनुका काफ्लेसँग गोला प्रथाबाट उनी पराजित भएका थिए ।
यस पटकको स्थानीय तह निर्वाचनमा राईले १२ हजार ८६८ मत ल्याई विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार राईका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार भीम राईले नौ हजार ६५३ मत प्राप्त गरे ।
कमलस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार प्रमिला न्यौपाने तिवारीले १० हजार ८४५ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का परशुराम सुवेदीले आठ हजार ३७१ मत प्राप्त गरेका थिए ।
सात वटा वडा रहेको कमलमा १ मा कांग्रेसका केदार कटुवाल, २ मा नेकपा (एकीकृत समाजवादी)का अशनेक लिम्बू, ३ मा एमालेका अग्नी कोइराला, ४ मा एमालेकै चन्द्रप्रसाद भट्टराई, ५ मा माओवादी केन्द्रका लालबहादुर विष्ट, ६ मा एमालेका नगेन्द्र भट्टराई र वडा नं ७ मा एमालेकै पृथीपति राई वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत प्रकाश गौतमले बताए ।
३७ हजार ९५० मतदातामध्ये निर्वाचनमा भने २६ हजार २४२ मत खसेको थियो ।