arrow

वालेन्द्रभन्दा सिंह र स्थापित कति पछाडि ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
walendra-keshav-srijana.jpg

काठमाडौं । स्वतन्त्र उम्मेदवार वालेन्द्र साह भारी मतले अगाडि रहेका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि भएको निर्वाचनमा वालेन्द्र अग्रस्थानमा छन् । 

चुनाव चिन्ह लौरो लिएर प्रचारमा निस्किएका वालेन्द्र नेपाली कांग्रेस र नेकपा एमाले जस्ता दलमाथि भारी परेका छन् । 

स्वतन्त्र उम्मेदवार वालेन्द्रले सोमबार बिहानसम्ममा ४३ हजार १६२ मत ल्याएका छन् । 

वालेन्द्रलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ५९९ मत पाएकी छन् । उनी वालेन्द्र भन्दा  १७ हजार ५६३ मतले पछाडि छिन् । सिंह पाँच दलीय गठबन्धनकी उम्मेदवार हुन् । 

नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । स्थापित २५ हजार २६८ मतका साथ तेस्रो स्थानमा छन् । स्थापित वालेन्द्रभन्दा १८ हजार ८९४ मताले पछाडि रहेका छन् । 

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनीता डङ्गोल ४५ हजार ८७५ मतका साथ अगाडि रहकी छन् । उनको पछाडि गठबन्धनका रामेश्वर श्रेष्ठ १५ हजार २८२ मतका साथ पछ्याइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ