arrow

काठमाडौंमा १ लाख २९ हजार मत गणना हुँदा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
walendra-keshav-srijana.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाकोमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ४५ हजार २७९ मत पाएका छन् । 

पछिल्लो मतपरिणाम अनुसार साहले ४५ हजार नघाएका हुन् । 

कामपामा १ लाख २९ हजार २०० मत गणना हुँदा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २६ हजार ७८८ मत प्राप्त गरेकी छन् । 

यसै गरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २५ हजार ९५८ मत ल्याएका छन् । 

भने एमालेकी उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डङ्गोलले अग्रस्थानमा छिन् ।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ ।

वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२,१३, १४, २१, २२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ