arrow

काठमाडौँका १० मध्ये कुन पार्टीलाई कति नेतृत्व ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
Kathmandu_District.png

काठमाडौं । काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये १० नगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँमा नतिजा प्रकाशन भएका १० मध्ये सात नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । 

नेकपा (एमाले) का दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक स्थानीय तहमा प्रमुख निर्वाचित भएका छन् । काठमाडौँमा स्थानीय तहको निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको छ । 

कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका नागार्जुन नगरपालिका, कीर्तिपुर नगरपालिका र गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा जितेको छ । 

एमाले टोखा र बूढानीलकण्ठ नगरपालिका तथा राप्रपा शङ्खरापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएको छ । काठमाडौँ महानगरपालिकाको भने मतगणना जारी छ । 

पछिल्लो मतगणनाअनुसार महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह र उपप्रमुखमा एमालेकी सुनिता डङ्गोलले अग्रता लिएका छन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार साहलाई कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छिन् । एमालेका केशव स्थापित तेस्रो स्थानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ