arrow

चट्याङ लागेर एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
death_1618213452.jpg

उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका-११, गोठडाँडामा आइतबार दिउँसो वर्षासँगै परेको चट्याङबाट एक महिलाको मृत्यु भएको छ । 

कटारी इलाका प्रहरी कार्यलयका अनुसार चट्याङ लागेर गोठडाँडा बस्ने वर्ष ४५ को भक्तकुमारी बुढाथोकी मृत्यु भएको हो । 

आइतबार दिउँसो हावाहुरी र वर्षासहित चट्याङ खस्दा घरको दलानमा बसिरहेकी बुढाथोकी सख्त घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि तत्काल कटारी अस्पताल लगेर उपचार गर्नेक्रममा बेलुकी साँझ मृत्यु भएको प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ