arrow

खेलराजको पहिलो निर्णय: बसोबासका आधारमा भूमिहीन सुकुम्बासीलाई निस्सा

logo
नारायण वली,
प्रकाशित २०७९ जेठ ९ सोमबार
20220523_184033.png

रुपन्देही । बुटवल उपमहानगरको नेतृत्व २५ वर्षपछि हात पारेका नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित बुटवल नगरप्रमुख खेलराज पाण्डेले सोमबार पदभार ग्रहण गर्दै नगरमा रहेको वर्षौंदेखिको समस्यालाई समाधान गर्ने विषयलाई उठाउँदै, भूमिहीन सुकुम्बासीलाई बसोबासका आधारमा बसोबास निस्सा उपलब्ध गराउने निर्णय गरेका छन् ।

बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिधहरुले पदभार ग्रहण गरेसँगै दुई वटा निर्णय लिइएका हुन् । भूमिहीन सुकुम्बासीलाई बसोबासका आधारमा बसोबास निस्सा उपलब्ध गराउने र उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरेको बताइएको छ ।

पदभार ग्रहणसँगै बुटवल क्षेत्रमा अव्यवस्थित भूमिहीन सुकुम्बासी जनताको अल्पकालीन तथा दीर्घकालीन समस्या समाधान गर्नको लागि लगत संकलन भएकाहरुलाई बसोबास प्रमाणित निस्सा उपलब्ध गराउने तथा नापजाँच प्रकृया बाँकी रहेकाहरुको लागि काम अगाडि बढाउन भूमि आयोगलाई अनुरोध गर्ने निर्णयसमेत गरिएको छ ।

उपभोक्ताको हितको लागि स्थानीय बजारलाई व्यवस्थित गर्न उपभोग्य बस्तु तथा सेवाको गुणस्तर, परिमाण तथा मुल्यलाई सन्तुलन कायम गर्न प्राथमिकता दिइएको छ । सेवा प्रदायक तथा बिक्रेताको नियमन अनुगमन गरी आम उपभोक्ताको हित प्रर्वद्धन गर्ने कार्यलाई प्राथमिकता दिँदै बजार अनुगमन तथा नियमन कार्यलाई प्राथमिकता दिने जनाइएको छ ।

बुटवल उपमहानगरका नगरप्रमुख पाण्डेसँगै एमालेबाट जितेकी उपप्रमुख सावित्रादेवी अर्यालले पनि पदभार ग्रहण गरेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ