arrow

राजेशमान सिंह वीरगञ्ज महानगरको मेयर बन्न सफल, सरावगी पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
281914013_720250215951995_6379309126057452162_n.jpg

वीरगञ्ज । वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी  विजयी बनेका हुन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले २३ हजार ६७१ मतमात्र प्राप्त गरे । 

आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगञ्जका निवर्तमान नगरप्रमुख सरावगीलाई २२ हजार ५४४ मतान्तरले पराजित गर्दै सिंह मधेश प्रदेशको एकमात्र महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् । 

यसैगरी उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलम कूल २५ हजार १५८ मतसहित विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका  पुरुषोत्तमलाल झाले छ हजार ७१९ मत प्राप्त गरे । निर्वाचन कार्यालयले मतपरिणामको आधिकारिक घोषणा गर्न भने बाँकी नै छ ।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाका बीच एक समूह बनाएर सिंहलाई उम्मेदवार बनाइएको थियो भने एमाले र लोसपाले समूह बनाएर सरावगीलाई  उम्मेदवार बनाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ