arrow

काठमाडौंको पछिल्लो मतपरिणाम : वालेन्द्रको रफ्तार कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
balen-saha.PNG

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि भइरहेको मतगणनामा र्‍यापर एवं इन्जिनियर वालेन्द्र साहको रफ्तार जारी छ । मङ्गलवार दिउँसो ३ बजेसम्मको मत परिणाम अनुसार साह ५१ हजार १८५ मतका साथ पहिलो स्थानमा रहेका छन् । 

'बाआमालाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने!' नाराका साथ भन्दै चुनावी प्रचारमा होमिएका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह नेपाली कांग्रेस र नेकपा एमाले जस्ता राष्ट्रिय दलमाथि भारी परेका छन् । स्वतन्त्र उम्मेदवार वालेन्द्र साह जित नजिक पुग्न थालेका छन् । मत प्राप्तिको अनुपात हेर्दा उनी पछि पर्ने कुनै सङ्केत देखिँदैन । 

उनो पछि पाँच दलीय गठबन्धनकी उम्मेदवार सिर्जना सिंह भने दोस्रो स्थानमा छिन् । दोस्रो स्थानकी नेपाली कांग्रेसकी उम्मेदवार सिंह वालेन्द्र भन्दा १९ हजार १०६ मतले पछाडि छन् । कांग्रेसकी उम्मेदवार सिंहले ३२ हजार ७९ मत पाएकी छन् । 

नेकपा एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रो स्थानमा रहेका छन् । स्थापित ३१ हजार ४९२ मतका साथ तेस्रो स्थानमा छन् । वालेन्द्र स्थापित भन्दा १९ हजार ६९३ मतान्तरले अगाडि रहेका छन् । 

अब वालेन्द्रलाई भेट्टाएर काठमाडौंको मेयर बन्न सिंह र स्थापितको सम्भावना नै छैन । त्यस्तै राप्रपाले उम्मेदवार बनाएका मदनदास श्रेष्ठ चौथो स्थानमा छन् । मेयरका लागि ५५ उम्मेदवार रहेका थिए । 

साथै उपमेयरमा भने एमाले उम्मेदवार सुनीता डङ्गोल निकै अगाडि छिन् । उनी जित नजिक रहेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ