arrow

२७ वडाको मतगणना सकियो, यस्तो छ परिणाम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
walendra-keshav-srijana.jpg

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका २७ वडामा मत परिणाम सार्वजनिक भएको छ भने बाँकी वडामा गणना कार्य जारी छ ।  

यसरी मत परिणाम सार्वजनिक हुनेमा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६ र १७ को मतगणना जारी छ । 

कामपाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ५५ हजार ७७७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३५ हजार ३७१ मत प्राप्त गरेका छन् । 

यसै गरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत ल्याएका छन् भने उपप्रमुखमा सोही पार्टीका उम्मेदवार सुनिता डंगोल ६१ हजार ३१८ मत ल्याएर अग्रस्थानमा छन् ।

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले २० हजार ९०६ मत पाएका छन् ।  

वडा नं १८ मा एमालेका महर्जन विजय
पछिल्लो समय जारी गरेको मतपरिणाम अनुसार वडा नम्बर १८ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का न्हुछेकाजी महर्जन एक हजार २९३ मत प्राप्त गरी अध्यक्ष पदमा विजय भएका छन् । महर्जनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजन महर्जनले ७७१ मत प्राप्त गरेका छन् ।  

त्यसै गरी वडा सदस्यमा एमालेकै तर्फबाट रचना शर्मा र हेमज्योती शाक्य विजयी भएकी छन् । महिला सदस्यमा हीराशोभा डङ्गोल विजय भएकी छन् । दलित महिला सदस्यमा यसअघि नै अम्बिका परियार निर्विरोध निर्वाचित  भएकी छन् ।  

वडा नं १९ मा कांग्रेसका श्रेष्ठ विजय
वडा नं १९ मा नेपाली कांग्रेसका उम्मेदवार राजेशकुमार श्रेष्ठ एक हजार २०० मत प्राप्त गरी अध्यक्ष पदमा विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रमान मुनिकारले ७४१ मत प्राप्त गरेका छन् ।  

वडा सदस्यमा कांग्रेसका चन्द्रमान डङ्गोल र दिनेशमान जोशी विजय भएका छन् । महिला सदस्यमा कांग्रेसका रेणु कमलभारती शाही र दलित महिला सदस्यमा रञ्जिता परियार विजय भएका छन् ।  



नयाँ