arrow

काठमाडौं महानगरको मतगणना अन्तिम चरणतिर, वडा १३ मा एमाले विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
kathmandu-metro-final-final.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणतिर पुगेको छ । पछिल्लो समय वडा १३ को मतपरिणाम आएको छ । उक्त वडाको वडाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी ३ हजार १२४ मतसहित निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्र मानन्धनरले २ हजार ६५४ मत पाए ।

महिला सदस्यमा एमालेकी रजनी महर्जन धौबन्जार, दलित महिला सदस्यमा पनि एमालेकै मैयाँ देउला विजयी भएका छन् । खुला सदस्यमा पनि एमालेका रुपेश महर्जन र रामबाबु कोइराला विजयी भए । 

महानगरको अन्तिम मतपरीणाम आउन बाँकी छ । अहिले वडा नम्बर १४, १५ र १६ को मतगणना जारी छ ।

पूरै मत गणना गर्नुअघि नै मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह र उपमेयरमा एमालेकी सुनिता डंगोलले जित सुनिश्चित गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ