arrow

भारी मतान्तरसहित काठमाडौंको मेयरमा वालेन्द्र र उपमेयरमा सुनिता विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
walendra-sunita-kathmandu-mayor-upamayor-2079-2084.jpg

काठमाडौं । इन्जिनियर तथा र्‍यापर वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका साहले निकटतम प्रतिस्पर्धीभन्दा भारी मतान्तरसहित जित हासिल गरेका हुन् । 

उनले नेपाली कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई भारी मतान्तरले हराए । वालेन्द्रले सिर्जनाको भन्दा २३ हजार ४२६ मत बढी पाए । वालेन्द्रले ६१ हजार ७६७ मत ल्याए । सिर्जनाले ३८ हजार ३४१ मतमात्र ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । 

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भइन् । उनले नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठलाई  निकै फराकिलो अन्तरले हराइन् । सुनिताले ६८ हजार ६१२ मत ल्याइन् । रामेश्वरले २३ हजार ८०६ मतमात्र ल्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ