- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि ५४ जनाको उम्मेदवारी परेको छ । असार ६ गते हुने केन्द्रीय निर्वाचनमा २१ पदका लागि ५४ जनाको उम्मेदवारी परेको हो ।
एन्फाको आसन्न निर्वाचनमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र दुई महिला सहित १३ जना केन्द्रिय सदस्यका लागि निर्वाचन हुँदैछ ।
एन्फाको निर्वाचन समितिका अनुसार अध्यक्षमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, उपाध्यक्षमा ८, खुल्ला केन्द्रिय सदस्यमा ३६ र महिला सदस्यमा ५ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षका प्रत्यासीले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । फ्रेन्ड्स क्लबका राजिव पौडेलले समेत अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
वरिष्ठ उपाध्यक्षमा शेर्पा प्यानलबाट सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली तथा नेम्वाङ प्यानलबाट सिन्धुपाल्चोक जिल्ला फुटबल संघका वीरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।
उपाध्यक्षमा शेर्पा प्यानलबाट कुमार केसी, विज्ञानराज शर्मा, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, नेम्वाङ्ग प्यानलबाट विराटजंग शाही, सुन्दरनरसिंह जोशी, दावा लामा र दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।
खुल्ला सदस्य पदमा शेर्पा प्यानलबाट दिपक थापा, प्रविण यादव, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराज गुरुङ, टीका लामा, प्रदेशसिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ, रमेश ब्यजनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
खुल्ला सदस्य पदमा ३६ जनाको उम्मेदवारी परेको छ । जसमा सुरेन्द्र सिख्राकार, निरोज खड्गी, प्रविणकुमार सुवाल, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विकास नारायण श्रेष्ठ, नेपाल कार्की, विजय घले, मिलन गुरुङ, कृष्णमुरारी गुरुङ, कुमार कटुवाल, सम्भु सिंह ठकुरी, रमेशकुमार श्रेष्ठ, बिनोद लामा तामाङ, मणिकुमार लिम्बु, तपेश्वर कुर्मी, मानदेव हाजार, रविन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, दिपेन्द्र धिमाल, मुखिया लामा, सुन्दर थापा क्षेत्री र बालकृष्ण साँवाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै महिला सदस्यमा बिन्द्रा देवन, सरिता श्रेष्ठ, बिमला पौडेल, पेमा डोल्मा लामा र विना नबाछे श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिले दुवै पक्षको बैठक राखेर निर्वाचनको बाँकी कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । उम्मेदवारीका लागि जेठ १२ गते बिहीबारसम्मको म्याद तोकिएको थियो ।