arrow

मोहना नदीमा डुबेर दुई बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
Death-photo.jpg

कैलाली । धनगढी उपमहानगरपालिका-३ स्थित मोहना नदीमा डुबेर दुई बालकको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

चटकपुर-राजघाट जोड्ने पुलको मुनतिर नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ