arrow

बेल्डाँडीका प्रमुख-उपप्रमुखको पहिलो निर्णय : छोरी जन्मिए ३ हजार, गरिबसँग विश्वेश्वर

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७९ जेठ १५ आइतबार
beldagi-gaupalika.PNG

कञ्चनपुर । छोरी जन्मिए बापत ३ हजार नगद र गरिबसँग विश्वेश्वर कार्यक्रम लागू गर्ने नेपाली कांग्रेसबाट नवनिर्वाचित बेलडाँडी गाउँपालिकाका पालिका प्रमुखले पहिलो निर्णय गरेका छन् ।

 नेपाली समाजमा भ्रूण हत्याको घटना बढ्दै गएको सन्दर्भमा छोरी बचाउ अभियान स्वरूप प्रोत्साहन स्वरूप नगद रु ३ हजार दिने र पालिका भित्र सुत्केरीलाई एम्बुलेन्स सेवा नि:शुल्क, अन्यत्र लैजान पर्दा ५० प्रतिशत छुट सेवा लगायतका निर्णय गरिएका छन् ।

शुक्रवार बसेको पालिका प्रमुख हरिश चन्द्र राना, उप प्रमुख शान्ति नाथ र वडा अध्यक्ष लगायतको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।

बेल्डाँडी गाउँपालिकाका पहिलो बैठकका निर्णय:

१. विज्ञान विद्यालय सञ्चालन गर्न, बहु प्राविधिक विद्यालय स्थापना गर्न, माध्यमिक तह सम्म गुणस्तरीय शिक्षा नि:शुल्क बनाउन योजना एवं कार्यविधि तयार गर्ने निर्णय गरियो ।

२. भूमिहीन, हलिया, मुक्त कमैया, आरक्ष पीडित र अव्यवस्थित बसोबासको वस्तुपरक तथ्याङ्क सङ्कलन गरी निस्सा वितरण गर्ने र जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने निर्णय गरियो ।

३. पञ्च वर्षीय एकीकृत गुरु योजना निर्माण गर्ने, समृद्धि आयोजना सञ्चालन गर्ने, विषयगत समितिहरू निर्माण गर्ने, सल्लाहकार परिषद् गठन गर्ने, विपन्न लक्षित कार्य योजना निर्माण गर्ने, किसान क्लबहरू निर्माण गर्ने, इलम विकास केन्द्र सञ्चालन गर्ने, गरिब सँग बि.पी. कार्यक्रम सञ्चालन गर्ने, बालिका जन्मेमा प्रोत्साहन भत्ता स्वरूप रु. ३००० (तिन हजार) दिने निर्णय गरियो ।

४. विपन्न गरिब, लक्षित वर्ग, मुक्त कमैया, कमलरी, एकल महिलालाई ३० युनिट सम्म विद्युत् महशुल नि:शुल्क र अति विपन्न, असहाय र ज्येष्ठ नागरिक तथा गर्भवती र सुत्केरी महिलाहरूलाई गाउँपालिका भित्र एम्बुलेन्स सेवा नि:शुल्क तथा पालिका बाहिर ५० प्रतिशत नि:शुल्क गर्ने निर्णय गरियो ।

५. स्थानीय सुरक्षा ऐन, शिक्षा कार्यविधि तत्काल निर्माण गर्ने, कर्मचारी व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली तयार गर्ने, आ.ब. २०७४/०७५ देखी २०७८/०७९ सम्म गाउँपालिकाको समीक्षा, परीक्षण र नियमन गर्ने निर्णय गरियो ।

६. सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, स्वास्थ्य बिमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, नियमित स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्राथमिकिकरण गर्ने निर्णय गरियो ।

७. पालिका भित्रका मुख्य-मुख्य मन्दिरका पुरोहित तथा मठाधिस, भलमन्सा, पास्टर लाई पुजा अर्चना गर्न एवं सदभावप्रोत्साहन बापत वार्षिक रु. ५०००।- (पाँच हजार) दिने निर्णय गरियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ