हदम्याद हटाउन माग गर्दै संसदमा सङ्कल्प प्रस्ताव दर्ता [पत्रसहित]
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
609
Shares
काठमाडौं । प्रतिनिधि सभामा बलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्याद हटाउन कानून संशोधनको माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका सांसदहरू डा डिला सङ्ग्रौला, प्रमिला राई, रंगमती शाही र सुजाता परियारले प्रस्ताव दर्ता गराएका हुन् ।
२०७५ साल भदौदेखि मुलुकी अपराध संहितामा बलात्कारसम्बन्धी मुद्दामा उजुरी गर्ने हदम्याद एक वर्ष तोकिएको तर समाजको आवश्यकता, बदलिँदो परिवेशलाई हेरेर हदम्यादको विषय परिवर्तन गर्न र बलात्कार हदम्याद नराखी कानून संशोधन गर्नुपर्ने औँल्याइएको छ ।
बलात्कार पीडितलाई राज्यले निःशुल्क स्वास्थ्य, क्षतिपूर्ति तथा मानसिक उपचार एवं परामर्शको व्यवस्था गर्न पनि माग गरिएको छ । बलातकारसम्बन्धी कानूनलाई थप कडा बनाई बलात्कार पीडितको सुरक्षा तथा पुनःस्थापनको जिम्मा राज्यले लिन, बलात्कारसम्बन्धी भइरहेको कानूनको पूर्ण कार्यान्वयन गराउँदै आफूमाथि भएको यौन हिंसाविरुद्ध बोल्न महिलाहरूलाई साहस थप्न पनि सङ्कल्प प्रस्ताव सदनमा दर्ता गरिएको भनिएको छ ।