arrow

सेप्टिक ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
death_1618213452.jpg

चितवन । चितवनमा सेप्टिक ट्यांकी सफा गर्नेक्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ९ बस्ने वर्ष २४ का छतीराम थारु र वर्ष २३ का राम चौधरी रहेका छन् । 

बुधबार साँझ साढे ६ बजे भरतपुर महानगरपालिका वडा नं. १९ तमुटोलस्थित राम प्यारी गुरुङको घरमा रहेको सेप्टिक ट्यांकी सफा गर्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार थारु अचानक चिप्लिएर ट्यांकीमा खसे पश्चात्सँगै काम गरिरहेको भिनाजु नाता पर्ने चौधरी थारुलाई निकाल्न भित्र पसेकोमा दुबै जना निस्किन नसकेका हुन् । 

प्रहरी प्रवक्ता नरहरी अधिकारीका अनुसार ट्यांकीमा खसेको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय फूलबारीबाट टोली खटिएर दुबै जनाको शव बाहिर निकालिएको थियो । दुई वटै शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ