arrow

धनगढीमा भाट-भटेनी

logo
सुनिल आउजी,
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
bahtbhateni-dhangadi.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा भाट-भटेनीको २३ औँ आउटलेट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका-३,  बोराडाँडीमा शुक्रवारदेखि भाट-भटेनीको सेवा शुभारम्भ भएको छ ।

देशकै सबैभन्दा ठुलो चेन सुपमार्केटको यो २३ औँ स्टोर हो । स्टोरको एक समारोहकाबीच शुक्रवार भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङ, उनकी धर्मपत्नी सावित्री गुरुङले समुद्घाटन गरेका हुन् ।

१७ कट्ठा जग्गामा डेढ लाख स्क्वायर फिटको भवन रहेको स्टोरमा खाद्यान्न, लत्ता कपडा, विद्युतीय ,  कस्मेटिक, फर्निचर, खेलौना लगायत सम्पूर्ण सामानहरू उपलब्ध छन् । त्यसै गरी स्टोरमा रेष्टूरेष्ट,  आकर्षक वाटर फाउण्टेन रहेका छन् भने निकट भविष्यमै हाइटेक सिनेमा(मल्टिप्लेक्स) पनि सुचारु हुनेछ ।

सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले सुदूरपश्चिममा अन्तर्राष्ट्रिय स्तरको सपिङ सुविधा प्रदान गर्ने उद्देश्यले सेवा शुभारम्भ गरेको बताए । उनले स्टोर २ अर्बको लागतमा सञ्चालनमा आएको बताए ।

शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशतसम्म छुट रहेको भाट-भटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराईले बताए । साथै निःशुल्क होम डेलिभरी सुविधा रहेको उनले जनाए । 

शुभारम्भ कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी,  आन्तरिक मामिला तथा कानुन मन्त्री,  धनगढी उपमहानगरपालिकाका मेयर,  धनगढीका प्रजिअ किरण थापा,  लगाएको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ