arrow

मधेसको आन्दोलनको समाधान भए नाकाबन्दी हट्ने भारतको आश्वासन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2093480714.jpeg
काठमाडौं । भारतीय विदेशमन्त्री सुस्मा स्वराजले मधेसमा जारी आन्दोलनलाई सम्बोधन गरेर राजनीतिक समाधान भएमा अघोषित नाकाबन्दी र आपूर्तिमा भइरहेको अवरोध तत्काल हट्ने बताएकी छन् । 

भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँगको भेटमा स्वराजले भारतबाट आपूर्तिमा कुनै पनि अवरोध नहुनेमा आश्‍वस्त पार्दै मधेस आन्दोलनको समस्या समाधान गरेमा मात्र नाकाको अवस्था सामान्य हुने बताएकी हुन् । 

नयाँदिल्लीस्थित नेहरु भवनमा भएको भेटमा दुई देशका मन्त्रीबीच आपूर्तिको असहज अवस्था, मधेस आन्दोलन, मधेसी मोर्चसँग भइरहेको वार्ता र संविधान संशोधनलगायतका विषयमा छलफल भएको थियो ।

परराष्ट्रमन्त्री थापाले मधेस समस्यालाई समाधान गर्न राजनीतिक तहबाट वार्ता तथा संवाद भईरहेको जानकारी दिँदै आपूर्तिमा भइरहेको अवरोध हटाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ