arrow

कोरोना संक्रमित सोनिया अस्पताल भर्ना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २९ आइतबार
soniya-gandhi.jpeg

काठमाडौं । कोभिड सम्बन्धी समस्याका कारण भारतीय कंग्रेस पार्टी अध्यक्षा सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन् । उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको पार्टीले जनाएको छ । 

‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिडसम्बन्धी समस्याको कारण आइतबार गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था स्थिर छ । 

निरीक्षणको लागि अस्पतालमा राखिनेछ’, पार्टी प्रवक्ता रणदीप सुरजेवालाले ट्वीटमा भनेका छन् । सोनियालाई केही दिनअघि कोभिड पोजेटिभ देखिएको थियो । 

कोभिड संक्रमण देखिएपछि उनी आफ्नै निवासमा आइसोलेसनमा रहेकी थिइन् । उनी चिकित्सकको निरन्तर निगरानीमा थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ