arrow

जिसस दार्चुलामा गठबन्धन विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
mahadev-kasyap.jpg

दार्चुला । जिल्ला समन्वय समिति दार्चुलामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धन दलको तर्फबाट प्रमुखमा नेपाली काँग्रेसका महादेव बडू (कश्यप) र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमर सिंह ठगुन्ना विजयी भएका हुन् । 

काँग्रेसका प्रमुखसहित ५ र माओवादीका उपप्रमुखसहित ४ सदस्य निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदस्यमा गठबन्धनबाट नेपाली काँग्रेसका पुस्कर सिंह धामी, खडक सिंह धामी र बलदेव सिंह ठगुन्ना, महिला सदस्य सरस्वती सार्की, दलित सदस्यमा कमला सुनार निर्वाचित भएका छन् । 

यस्तै महिला सदस्यमा नेकपा माओवादी केन्द्रका असमती टमटा र गौरी टमटा निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवारहरूले १० मत ल्याएर विजयी भएका हुन् । 

प्रतिस्पर्धीका रूपमा रहेका एमाले उम्मेदवारहरूले ८ मत पाएका थिए । स्थानीय निर्वाचन सम्पन्न भएको एक महिनाभित्र जिसस गठन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सोमवार निर्वाचन गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ