arrow

कांग्रेसका थप मन्त्री : कोही पक्का–कोही उछिट्टिने, वुधबार सपथ खुवाउने नै हो

logo
प्रकाशित २०७३ भदौ ७ मंगलबार
congress-flag.jpg.jpeg.jpeg
काठमाडौं । नेपाली काँग्रेसबाट सरकारमा जानेहरुको नामको टुंगो बेलुकी वा वुधबार विहान सम्म लाग्ने भएको छ । 
 
शेरबहादुर देउवा निकट एक नेताका अनुसार दिउँसो संसदीय दलको बैठक र त्यपछि टोखामा जिल्ला सभापतिहरुको चियापान भएका कारण मन्त्रीहरुबारे छलफल भएन ।
 
साँझ वा वुधबार विहान सम्म जसरी पनि ११ मन्त्री र ६ राज्यमन्त्रीको टुंगो लाग्छ, ती नेताले भने, ‘वुधबार जसरी पनि सपथ खुवाउने नै हो ।’ यसमा तलमाथि हुँदैन । विमल दाई पनि भारतबाट आइसक्नु भएको छ । उहाँलाई सभापतिले पर्खिरहनु भएको थियो ।
 
उनले केही पक्का भएका र केही उछिट्टिन सक्नेका नामहरु पनि हाम्रा कुरालाई भने, तर आफ्नो नाम नखोल्न पनि आग्रह गरे । 
 
उनका अनुसार अर्जुननरसिंह केसीले जनसम्पर्क हुने मन्त्रालय चाहियो रक्षा लिन्न भनेकाले शिक्षा मन्त्रालय उनले नै सम्हाल्ने लगभग पक्का भएको छ । अर्को शेखर कोइराला परराष्ट्र हुने पक्का भएको र जीवनबहादुर शाहीको मन्त्रालय यकिन नभएपनि मन्त्रीबाट टसमस नहुने सूचीमा उनी परेको ती नेताले सुनाए । 
 
यस्तै, बाल कृष्ण खाँणले रक्षा खाने लगभग पक्का भएको उनले बताए । मीन बहादुर विश्वकर्मा लगायतका केही व्यक्ति उछिट्टिन सक्छन् । नयाँ अनुहारले मन्त्री बन्नकै लागि मात्रै किन जाने भन्ने तर्क राखेका छन् । यस्तै, महाधिवेशनमा देउवालाई सघाउने फरमुल्लाह मन्सुर पनि मन्त्री बन्ने लगभग पक्का भएको छ । 
 
रामचन्द्रका चार 
दिपक गिरी (शशांक नजिक)  
सीता देवी यादव ( पदाधिकारी–कोषाध्यक्ष) 
नवीन्द्रराज जोशी
शेखर कोइराला 
 
शेरबहादुर देउवातर्फ 
अर्जुननरसिंह केसी
बालकृष्ण खाँण
जीवनबहादुर शाही 
मीनबहादुर विश्वकर्मा
शंकर भण्डारी (खुमबहादुर नजिक)
 
सिटौला समुहबाट दुई 
नेता कृष्णप्रसाद सिटौला समूहबाट गगन थापा र शुधीरकुमार शिवाकोटी पर्ने ती नेताले बताएका छन् । 
 
हाम्रोमा मन्त्रीका लागि सामूहिक छलफल हुँदैन 
कांग्रेस नेता चन्द्र भण्डारीले मन्त्री बन्ने कुरामा धेरै छलफल नहुने बताए । उनले भने, ‘आकांक्षी धेरै हुन्छन् । धेरै छलफल नै हुँदैन ।’ अन्य विषयमा छलफल हुन्छ मन्त्री बन्ने कुरामा छलफल हुँदैन । भागबण्डाका आधारमा पठायो सकियो । 
 
यो पनि नछुटाऔं  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ