- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिराहा । सिराहामा एक मिटर ब्याजी समातिएको चौबीस घन्टा नबित्दै छुटेका छन् । लाहान ७ का रामबाबु महतो पक्राउ परेको २४ घण्टा नबित्दै छुटेका हुन् ।
उनीविरुद्ध श्याम विश्वकर्माले उजुरी दिएका थिए । महतोसँग विश्वकर्माले १७ लाख रुपैयाँ सडकडा ३ रुपैयाँमा लिएका थिए । तर त्यस बापत महताले ब्याजमात्रै ५० लाख मागेपछि उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।
महतो लहानमा ठूला मिटर ब्याजीसमेत रहेको विश्वकर्माको भनाइ छ । उनले आफ्नो लहान बजारमा रहेको १० धुर जग्गामा बनेको एकतले घरसमेत महतोले आफ्नो नाममा पास गराएकोसमेत बताएका छन् ।
गृह मन्त्रालयले निर्देशन दिएपछि विभिन्न ठाउँमा मिटर ब्याजी पक्राउ पर्न थालेका छन् । तर महतो भने पक्राउ परेको २४ घण्टाभित्रै छुटेका हुन् ।