arrow

वर्तमान अध्यक्ष शर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङमध्ये एकले नेतृत्व सम्हाल्ने एन्फाको चुनाव सोमबार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
anfa-election-2079.jpg

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावी साधारणसभा सोमबार बिहान ९ बजे शुरु हुने भएको छ । बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने साधारण सभाले नेपाली फुटबलको सर्वोच्च निकायमा आगामी चार वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

‘एन्फाले बिहान ९ बजे ‘ओपनिङ सेसन’ गर्ने तयारी गरेको छ,’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘चुनावी प्रक्रिया कस्तो हुने अबको कार्यसमितिको बैठकपछि मात्रै निश्चित हुनेछ ।’ यस कार्यसमितिको अन्तिम कार्यसमिति बैठक बस्दैछ । 

अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ चुनावी मैदानमा छन् । दुवै अध्यक्षका आकांक्षी सदस्यसम्म आफ्नो प्यानल लिएर चुनावी मैदानमा होमिएका छन् । 

यस्तै अध्यक्ष पदका लागि फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजिव पौडेललेसमेत उम्मेदवारी दिएका छन् ।

यसपालिको भिडन्त सबैभन्दा रोचक हुनेछ । शेर्पा र नेम्वाङ मिलेरै एन्फाबाट तत्कालीन अध्यक्ष गणेश थापालाई हटाउन सफल भएका थिए । शेर्पा र नेम्वाङको मित्रता एन्फामा पारदर्शी, सुशासनसहितको चेन्ज एन्फाको नारा रहेको थियो । 

तर अचानक जब शेर्पा अध्यक्ष भए त्यसपछि विस्तारै दूरी बढ्यो । अहिले समय बदलिएको छ । तिनै गणेश थापा समर्थकहरुको प्यानलले नेम्वाङलाई साथ र समर्थन दिएको छ । 

यस अर्थमा पनि भिडन्त रोचक हुने देखिएको छ । 



नयाँ