arrow

जलप लगाइएको लौरो !

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
sunko-lauro-golden-stick-dubai-uae.jpg

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपहार दिएको ‘सुनको लौरो’ नक्कली भएको खुलेको छ । युएईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले दिएको लौरो सुनको नभएको खुलेको हो । 

राजकुमार मोक्तुमले प्रसाईँलाई झापास्थित चन्द्रगढी विमानस्थलमा सुनको जस्तै देखिने लौरो उपहार दिएका थिए । त्यसपछि प्रसाईँले उपहार पाएको ‘सुनको लौरो’ बारे अनुसन्धान सुरु भएको छ । 

पूर्वाञ्चल क्यान्सर अस्पतालकाका जनसम्पर्क अधिकृत प्रमिश गिरीले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा बुझ्दा सुनको जलप लगाइएको लौरो भएको जानकारी प्राप्त भएको बताएका छन् । उनले भने,' सुनको जस्तै देखिने लौरो उपहारमा प्राप्त भएको थियो, हामीले सोध्ने कुरा पनि भएन ।'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे छानबिन गरिरहेको छ । 

उपहारमा पहेँलो लौरो प्राप्त भएपछि उक्त लौरो सुनको भएको अनुमान गरिएको थियो। 

यता शनिवार निजी विमानबाट काठमाडौं आइपुगेका राजकुमार मक्तोउ पनि राजपरिवारको टाढाको सदस्य भएको जनाइको छ । 

राजकुमार मक्तोउ एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी रहेका प्रसाईँको निमन्त्रणामा ४ दिने भ्रमणमा नेपाल आएका हुन् । 

नेपाल बसाइको क्रममा पोखरा लगायतको स्थानमा घुमघामको कार्य तालिका रहेको छ । त्यसको खर्च पनि प्रसाईँले व्यहोर्ने छन् ।



नयाँ