arrow

ब्रिक्स शिखर सम्मेलन

विश्व अस्थिर हुँदा चीनले आफ्नो शासन र विकास मोडेलको प्रवर्द्धन गर्दै

ब्रजिल, चीन, भारत र दक्षिण अफ्रिकाका कसैले पनि पुटिनले युक्रेनमा गरेको आक्रमणको विरोध गरेका छैनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
briks-team-2022.jpg

काठमाडौं । चीनले बिहीबार १४ औं ब्रिक्स शिखर सम्मेलनको आयोजना गर्दैछ । विश्वव्यापी अस्थिरताको समयमा हुन लागेको यस सम्मेलनमा बेइजिङले आफ्नो शासन र विकास मोडेललाई प्रवर्द्धन गर्ने अवसरको रूपमा विश्लेषकहरुले हेरेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्व विकासका लागि “नयाँ युग” शुरु गर्ने विषयवस्तुको रूपमा रहेको शिखर सम्मेलनमा ब्रजिल, भारत, रुस र दक्षिण अफ्रिकाका राष्ट्र प्रमुखसँग भिडियो लिङ्कमार्फत आपसी सरोकारका विषयहरूबारे छलफल गर्नेछन् ।

बेइजिङमा हुने शिखर सम्मेलनअघि चिनियाँ सरकारी सञ्चारमाध्यमले विश्व अर्थतन्त्रको करिब एक चौथाइ ओगटेका पाँच उदीयमान अर्थतन्त्रहरूको संक्षिप्त रूप ब्रिक्सको प्रशंसा गरेको छ ।

'गैर-पश्चिमी शैली, रूप र सिद्धान्तहरूसँग बहुपक्षीय सहयोगलाई बढावा दिनको लागि र अमेरिकाले आफ्ना पश्चिमी सहयोगीहरूलाई भूमण्डलीकरणविरुद्ध विद्रोह गर्न तानिरहेको बेलामा ब्लकको महत्त्व' रहेकोमा चिनियाँ सरकारी सञ्चारमाध्यमले जोड दिएको छ ।

गत मे महिनामा सीले यस समूहलाई 'शीतयुद्धको मानसिकता र ब्लक भित्रको टकरावलाई अस्वीकार गर्न र सबैका लागि सुरक्षाको विश्वव्यापी समूदाय निर्माण गर्न मिलेर काम गर्न' आह्वान गरेका थिए ।

महत्वपूर्ण भिन्नताहरूको बाबजुद पनि यी पाँच देशका नेताहरूले संयुक्त राज्य अमेरिकाको नेतृत्वमा उदार व्यवस्थाबाट निश्चित दूरी कायम राखेका छन् ।

ब्रजिल, चीन, भारत र दक्षिण अफ्रिकाका कसैले पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा गरेको आक्रमणको विरोध गरेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ