arrow

काठमाडौंमा जताततै फैलियो हैजा, सावधानी नअपनाए प्रकोपको खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
teku-hospital.jpg

काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजा फैलिाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न १२ ठाउँमा हैजा फैलिएको बताएको हो।

कोलेरा भिब्रिओ कोलरी नामको जीवाणुको सङ्क्रमणका कारण हैजा हुन्छ। खानेकुरा र खासगरी पानीबाट फैलिने हुँदा सावधानी नअपनाएमा हैजा छोटो समयमै धेरै व्यक्तिमा फैलिन सक्छ।

बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु,  बोहोराटार, बल्खु, थानकोट र नैकापलगायतका ठाउँमा विभिन्न व्यक्तिमा कोलेरा भिब्रिओ कोलरी नामको जीवाणुको संक्रमण अर्थात् हैजा पुष्टि भएको छ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले हैजा नियन्त्रण एवं रोकथामका लागि सबैतर्फबाट पहल र काम भइरहेको बताएका छन्।

पानी एवं खाद्य पदार्थको जाँच परीक्षण भइरहेको, सरसफाइमा ध्यान दिन सुचनात्मक कार्यहरु भइरहेको र अस्पतालहरु पनि उपचारका लागि तयार रहेको उनले बताएका छन्।

हैजा खासगरी प्रदुषित पानीबाटै फैलिने भएको हुँदा पानी उमालेर र शुद्धिकरण गरेर मात्रै पीउनका लागि महाशाखाका निर्देशक डा दासले सबैलाई आह्वान गरेका छन्। यस्तै खानेकुरा खानु र छुनुअघि पनि राम्रोसँग साबुन पानीले हात धुनुपर्ने समेत चिकित्सकहरुको भनाइ छ।

आम सर्वसाधरण र सरकारी पक्ष दुवैले हैजा नियन्त्रणमा ध्यान दिनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सङ्क्रामक रोग विज्ञ डा शेरबहादुर पुनले बताएका छन्।

पछिल्ला दिनहरुमा अस्पताल आउनेको संख्या बढेको बताउँदै उनले सबैले सावधानी नअपनाएमा हैजा बढ्न सक्ने चेतावनी दिएका छन्। 'केही दिनअघि लक्षण भएका दैनिक ६/७ जना अस्पताल आउने गरेका थिए, अहिले त्यो संख्या बढेर १६/१७ पुगेको छ,' डा पुनले भने।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हैजा फैलिएको बताउँदै उनले सबै नागरिकले सावधानी अपनाएको भने नदेखिएको बताएका छन्। हातधुने, उमालेको र शुद्धीकरण गरेको पानी पीउने र सफा खानेकुरा खाने हो भने हैजा संक्रमण हुनबाट व्यक्ति आफै जोगिन सक्ने उनको भनाइ छ।

राजधानीमा हैजाः बागबजारको धारा र ट्युवबेलको पानीमा भेटियो हैजा फैलाउने जिवाणु

हैजाको नेपालमा पहिले देखि नै लाग्ने गरेको भए पनि अहिलेको अवस्थामा हैजा फैलिनु भनेको हामीले प्रयोग गर्ने पानी, खानाको गुणस्तर र हामीले गर्ने सरसफाइमाथिको प्रश्न हुने डा.पुनको भनाइ छ।

हैजाको जोखिममा काठमाडौं, चार जनामा पुष्टि, अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन 

हैजाको संक्रमण भएका व्यक्तिलाई निरन्तर अधिक पातलो दिसा लाग्छ। लामो समय पानी बग्दा शरिरको सम्पूर्ण पानी नै सकिने अवस्था आउँछ यसरी मान्छे गम्भीर अवस्थामा पुग्छ र समयमै उपचार नपाएमा केही घण्टाभित्रै बिरामीको ज्यानसमेत जानसक्छ। यसको उपचारका लागि पुर्नजलिय झोल, जीवनजल, पानी खुवाउने एवं अन्य चिकित्सकले गर्ने उपचारहरु हुन्छन्।

उपत्यकावासीलाई सचेत रहन आग्रह, हैजाले महामारीको रुप लिन सक्ने चेतावनी

आम नागरिकले सावधानी नअपनाएमा सजिलै संक्रमण बढ्ने र यसले प्रकोपको रुप समेत लिनसक्ने विज्ञहरुको भनाइ छ। यस्तै जिम्मेवार निकायले पानी चेकजाँच, खाद्य पदार्थहरुको चेकजाँचसहित नियन्त्रणका लागि काम गर्नुपर्ने उनीहरुको सुझाव छ।

हैजाले छोयो काठमाडौंलाई, दुई बिरामी भेटिए



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ